सुन तोलाको मूल्य दुई लाखनजिक
९ वैशाख काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर नेपाली बजारमा पनि परेको छ ।मंगलबार (वैशाख ९) एक तोला छापावाल सुनको मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
स्थानीय बजारमा सोमबार (वैशाख ८)को तुलनामा यस दिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।