ओली र मोदीबीच टेलिफोन वार्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १० २०८२
2.4K
SHARES

१० वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार टेलिफोन वार्ता भएको छ ।टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

“प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग कुरा गरेँ र पहलगाममा आतंकवादी आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेँ । यस्ता जघन्य कार्यविरुद्ध भारतसँग नेपालको दृढ ऐक्यबद्धता रहेको दोहोर्‍याएँ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

भारतको जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण गरेपछि दुई देशका प्रधानमन्त्रीबीचा टेलिफोन वार्ता भएको हो । उक्त घटनामा एकजना नेपालीसहित २६ जना मारिएका छन् ।  “नेपाली नागरिकको मृत्युमा समवेदना व्यक्त गरेकोमा आभारी छु,” प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई भनेका छन् ।