आज मातातीर्थ औँसी
४ वैशाख काठमाडौं । आज (वैशाख १४ गते) मातातीर्थ औँसी। जन्मदाता आमालाई सम्मान गरी मनाइँदै छ।मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ। आज छोराछोरीले आफ्ना आमालाई राम्रा-राम्रा लुगा तथा मिठा-मिठा खानेकुरा दिएर सम्मान गर्छन् र आशीर्वाद लिन्छन्।
आमा बितेकाहरूले भने आमाका नाममा तर्पण र पिण्ड दान तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परा छ। दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ।
वैशाखकृष्ण औँसीका दिन दिवंग आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन्।
सो अवसरमा आज बिहानैदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लागेको छ।मातातीर्थ कुण्ड परिसरमा दिवंगत आमाको स्मृतिमा श्रद्धा प्रकट गर्नेहरूको घुइँचो लागिरहेको छ।