शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन सांसद सूर्य थापाको माग


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२
2.5K
SHARES

१५ वैशाख काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्य थापाले शिक्षामन्त्री रघुजी पन्तलाई शिक्षा विधेयकबारे संसद्‌बाट जानकारी गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले विधेयक पारित गर्न संसद् गम्भीर रहेको जानकारी गराउन आवश्यक रहेको बताए ।

“शिक्षा विधेयक संसद्को यस अधिवेशनबाट टुंग्याउने प्रक्रियामा छौँ । सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी यो शिक्षामन्त्रीले यो संसद्‌मार्फत राख्नुपर्छ । सिंगो देशलाई जानकारी गराउनुपर्छ,” उनले भने ।