जनमत–नाउपा एकता आज


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२
2.1K
SHARES

१७ वैशाख काठमाडौं । विसं. २०७९ को निर्वाचनबाट उदाएका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज पार्टी एकता घोषणा हुँदै छ । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बिहान ११ बजे एकता घोषणा गर्ने कार्यक्रम छ ।

पार्टीको नाम नागरिक जनमत रहनेछ । पार्टीको संरक्षकमा रेशमलाल चौधरी रहनेछन् । पार्टी अध्यक्ष सीके राउत र रञ्जिता चौधरी सह–अध्यक्ष रहनेछन् ।

नाउपाका नेता रामलाल डगौराका अनुसार, ७०० सदस्यीय केन्द्रीय समिति बन्नेछ । दुवै पार्टीबाट समान ३५० जना केन्द्रीय सदस्य छानिनेछन् । पदाधिकारी भने टुंगिन बाँकी छ ।उनका अनुसार, पार्टीका पदाधिकारी ५० सदस्यीय रहनेछ । दुवै पार्टीका २५–२५ जना पदाधिकारी रहनेछन् ।