घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख १७ २०८२
2K
SHARES
१७ वैशाख काठमाडौं । नेपाल बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै चाँदी १ हजार ९६५ रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट