आगामी वर्ष डिजिटल बैंक स्थापना गरिने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
5.7K
SHARES

१९ वैशाख काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा डिजिटल बैंक स्थापना गर्ने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्रको विकास गर्न डिजिटल बैंकको स्थापना गर्ने बताएका हुन् ।

“सूचना, प्रविधि तथा पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ,” राष्ट्रपति पौडेलले भने, “नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।”डिजिटल बैंक स्थापना गर्ने नीति पहिलेदेखि नै छ । राष्ट्र बैंकले यसका लागि गृहकार्य गरिरहेको छ ।