बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २१ २०८२
3.5K
SHARES

२१ वैशाख काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार १ सय रुपैयाँ कायम भएको हो। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९३०रुपैयाँमा किनबेच भएको थियो।