रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री/गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२
1.2K
SHARES

२२ वैशाख काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री/गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । सोमबार (वैशाख २२) प्रतिनिधिसभा बैठकमा उनले मंगलबार (भोलि) संसद्मा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् । “भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,” उनले भने । नागरिक उन्मुक्तिबाट सरकारमा एक राज्यमन्त्री छन् ।

यही वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत अधिकृत महिमानसिंह विष्टको पत्रपछि प्रहरीले रेशमलाई कमलादीबाट प्रकाउ गरेको थियो । पक्राउ गरेर अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको रेशमका बुवा समेत रहेका सांसद चौधरीले बताए ।

उक्त पत्र फर्जी भन्दै केही घण्टामा रेशम चौधरीलाई छाडिएको थियो । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन उक्त स्थलबाटै रेशमलाई पक्राउ गरिएको थियो । त्यसपछि एकता प्रक्रिया भाँडिएको थियो ।