नीति कार्यक्रमले सत्तारूढ सांसदमै उत्साह पैदा गर्न सकेन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२
1.4K
SHARES

२२ वैशाख काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम जनअपेक्षा अनुकूल नभएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले वर्तमान संकटसँग जुध्न नसक्ने खालको नीति कार्यक्रम आएको बताए ।

“नीति तथा कार्यक्रमले न त विगतको समीक्षा गरेको छ, न वर्तमान संकटसँग जुध्न सक्ने योजना बोकेको देखिन्छ । यसले जनता र राष्ट्रका गहिरा आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको छ,” उनले भने ।

उनले सत्तारूढ पक्षकै सांसद मौन रहनु गम्भीर संकेत भएको बताए ।  “जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,” उनले भने ।