नेप्से ९.६२ अंकले घट्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २२ २०८२
2.5K
SHARES

२२ वैशाख काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेर कारोबार भएको छ । यस दिन नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा बन्द भएको हो । आज सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार नौ अर्ब २४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाई पनि १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सेयर मूल्य स्थिर छ ।आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक बढेको छ । यसरी परिसूचक घट्नेमा माइक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ ।