रुसको राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण, विमानस्थल बन्द


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२
2.3K
SHARES

२३ वैशाख काठमाडौं । आफ्नो देशको राजधानी मस्कोमा लगातार दोस्रो रात युक्रेनले ड्रोन आक्रमण गरेको रुसले जनाएको छ ।रुसको नागरिक उड्डयन प्राधिकरणका अनुसार, युक्रेनले ड्रोन आक्रमण गरेपछि मास्कोका चारै विमानस्थल रातभरि केही घण्टाका निम्ति बन्द गरिएको थियो । हाल ती विमानस्थल खोलिएको बीबीसीले जनाएको छ ।हालसम्म युक्रेनले यी आक्रमणका बारेमा कुनै टिप्पणी गरेको छैन । बीबीसीका अनुसार, उक्त आक्रमणबाट कुनै हताहती भएको जानकारी छैन ।

मास्कोका मेयर सेर्गेई सोब्यानिनले कम से कम १९ युक्रेनी ड्रोन रुसी राजधानीतर्फ उड्दै गरेका बेला नष्ट गरिएको बताएका छन् ।रुस राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार, देशभर रुसी वायु सुरक्षा इकाइले १०५ युक्रेनी ड्रोन नस्ट गरेको छ ।पेन्जा र भोरोनेजजस्ता अरू ससी सहरका गभर्नरले उनीहरू पनि आक्रमणका लक्ष्य बनेको बताएका छन् ।

युक्रेनको यो आक्रमण रुसले घोषणा गरेको अस्थायी युद्धविराम लागु हुनुभन्दा दुई दिनअगाडि भएको हो । रुसले मे ८ देखि ११ सम्मका निम्ति यसअघि अस्थायी युद्धविराम घोषणा गरेका थियो ।यसैबीच, युक्रेनमा रुसले आक्रमण गरिरहेको बीबीसीले जनाएको छ । रुसी आक्रमण ओडेसामा कम से कम एकजनाको मृत्यु भएको छ । खार्किभमा पनि आक्रमण गरिएको बताइएको छ ।