अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा सामान्य चोट


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२
5.5K
SHARES

२४ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । सौचालयमा गएराति लडेर घाइते भएका हुन् ।  गएराति खुमलटारस्थित आफ्नै घरको सौचालयमा लडेर घाइते भएका उनको टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार राति बाथरुममा लडेर टाउकोमा सामान्य चोट लागेको थियो ।  प्रचण्डले अस्पताल जानु नपर्ने बताए पनि परिवारले अरु चेकअपका लागि मेडिसिटी अस्पताल  अस्पताल लगेको उनले बताए ।“अध्यक्षज्यू नियमित काममा फर्किइसक्नुभएको छ,” उनले भने, “टाउकोमा सामान्य चोट लागेको छ ।”