५ करोड ८४ लाख बैंक खाताको संख्या


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२
1.8K
SHARES

२५ वैशाख काठमाडौं । नेपालमा सबै स्थानीय तहमा बैंकका शाखा विस्तार भएसँगै खातामा पनि क्रमशः वृद्धि हुँदै गएको छ । पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजाार ३ सय ९ छ।बैंकहरूको कुल निक्षेप रजिस्टर्ड खाता भने ५ करोड ८३ लाख ९९ हजार ७ सय ८४ हाराहारीमा पुगेको छ। यो वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाको मात्रै हो।

यसबाहेक लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरूमा भएको वित्तीय पहुँचलाई भने यसमा जोडिएको छैन। रजिस्टर्ड निक्षेप खाता संख्या ५ करोडमाथि भए पनि सबै नियमित सञ्चालनमा भने छैनन्।बैंकमा एउटै व्यक्तिको ५–७ ओटा खाता खोल्ने प्रवृत्तिले जनसंख्याभन्दा धेरै देखिएको हो। तर राष्ट्र बैंकको गत असारसम्मको तथ्यांकअनुसार कुल खातामध्ये ३ करोड ५३ लाख ७९ हजार खाता सक्रिय रूपमा सञ्चालित छन्।
यसमध्ये, पुरुषको सक्रिय खाता संख्या १ करोड ९७ लाख १६ हजार र महिलाको सक्रिय खाता संख्या १ करोड ५६ लाख

६२ हजार रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले तीनपुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा औसतमा ६७ दशमलव ३४ प्रतिशत रहेको देखाएको थियो।यस्तै चालु आर्थिक वर्षको ८ महिनासम्ममा वित्तीय संस्थामा कर्जा खाता संख्या १९ लाख ३७ हजार ४ सय ८० रहेको छ।
निक्षेप खाता संख्या ५ करोडमाथि भए पनि सबै नियमित सञ्चालनमा भने छैनन्।

यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको २ करोड ९९ लाख २८ हजार ४ सय ३६ निक्षेप खाता रहेका छन्। प्रतिवेदनअनुसार तीनपुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा ६७ दशमलव ३४ प्रतिशत रहेकोे छ।
यसअघि २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६० दशमलव ९ प्रतिशत रहेको थियो।

पछिल्लो समय वित्तीय पहुँच बढ्दै जानुको कारण वृद्धा, एकल भत्ताजस्ता सामाजिक सुरक्षाका लागि खाता खोल्नु पर्ने अनिवार्य व्यवस्थाले पनि बढेको हो।यस्तै, सरकारले एक व्यक्ति एक खाता अभियान पनि सुरु गरेको थियो। साथै सेयरमा प्रवेश गर्नेहरूले पनि अनिवार्य रूपमा खाता खोल्नुपर्ने व्यवस्थालगायतले पनि समग्रमा खाता संख्या बढेको छ ।