छिट्टै गभर्नर नियुक्त गर्न सांसद खतिवडाको माग
२५ वैशाख काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त गर्न माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफ मागसमेत गरे ।
“धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएका छन् । योबारे के हो सरकारले जवाफ दिनुपर्यो,” उनले भने ।उनले भारत–पाकिस्तानलगायत मुलुकको तनाव समाधान गर्न सरकारलाई तयारी रहन पनि आग्रह गरे । “आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देश भए पनि साथ दिनुपर्छ,” उनले भने ।