सेयर धितो कर्जा ३७.८० प्रतिशतले बढ्यो
२९ वैशाख काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा सेयर कारोबारमा जाने ऋण (मार्जिन प्रकृतिको कर्जा) ३७.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब १२ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
०८० को चैत मसान्तसम्म बैंक वित्तीय संस्थाले ८६ अर्ब १८ करोड ५४ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका थिए ।
यो शीर्षकमा एक करोडभन्दा बढी ऋण लिनेहरूले कुल ८४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ लिएका छन् । ५० लाखदेखि एक करोडसम्म ऋण लिनेले मार्जिक प्रकृतिको कर्जा १४ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ लिएका छन् । २५ लाखसम्म ऋण लिनेहरूले १६ अर्ब ६४ करोड रुपैयाँ ऋण लिएका छन् । यो शीर्षकमा २५ लाखभन्दा कम ऋण लिनेहरूले सात अर्ब ९४ करोड १८ लाख रुपैयाँ लिएका छन् ।