प्रमुख सचेतकहरुसँग छलफलमा सभामुख


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२
1.4K
SHARES

३० वैशाख काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा पेश हुने एजण्डाको विषयमा छलफल भइरहेको हो ।

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा जारी कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन् ।आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।