बैंकहरूको नयाँ ब्याजदर, कुनको कति ?


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०८२
3.8K
SHARES

३१ वैशाख काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् भने तीन बैंक नेपाल, एभरेस्ट र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा सामान्य बढाएका छन् ।

तीन बैंक नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थले सामान्य घटाएका छन् । समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको छ ।

जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।

कुनको कति ?

व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर

बैंक ब्याजदर %, जेठ  ब्याजदर %, वैशाख
नेपाल ५.४५ ५.१५
एसबीआई ५.५ ५.५
हिमालयन ५.५ ५.५
इन्भेस्टमेन्ट मेगा ५.५ ६.५
कृषि विकास ५.५१ ५.५१
सिटिजन्स ५.६५ ५.६५
लक्ष्मी सनराइज ५.७५ ५.७५
नबिल ५.७५ ५.७५
सिद्धार्थ ५.७५ ६
कुमारी ५.९१ ५.९२
ग्लोबल आईएमई ६ ६
माछापुच्छ्रे ६ ६
राष्ट्रिय वाणिज्य ६ ६
प्रभु ६.१ ६.१
प्राइम कमर्सियल ६.२५ ६.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२५
सानिमा ६.३३ ५.९५
एनएमबी ६.६ ६.६
एनआईसी एसिया ६.६ ६.६
एभरेस्ट ६.६४ ६.६१