बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २ २०८२
1.3K
SHARES

२ जेठ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९२५ रुपैयाँमा किनबेच भएको थियो।