सुनको भाउमा सामान्य बृद्धि
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ५ २०८२
1.1K
SHARES
५ जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ रुपैयाँले बढेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट