सुनको भाउ स्थिर


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
1.3K
SHARES

६ जेठ काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो पनि प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी ५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।