संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गरौँ – सञ्चारमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
1.9K
SHARES

६ जेठ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संवैधानिक परिषद्सम्बन्धी विधेयक छिटो पारित गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । मंगलबार (जेठ ६) सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक टुंगो लगाउन प्रतिपक्ष र सत्तापक्ष नभनी लाग्नुपर्नेमा जोड दिए । संवैधानिक परिषद्‌मा हाल सर्वसहमतिपछि मात्र निर्णय हुने प्रावधानले मुलुकलाई अनिर्णयको बन्दी बनाएको उनले बताए ।

अध्यादेशबाट शासन चलाउने स्थितिमा नपुर्‍याउन पनि संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँडो पारित गर्नुपर्ने उनको भनाइ थियो ।मन्त्री गुरुङले कानुनी सीमाभित्र सकाउने गरी विधेयक टुंगो लगाउन आग्रह गरे ।