नयाँ गभर्नरमा विश्वनाथ पौडेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
2.1K
SHARES

६ जेठ काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए । यी तीनजनामध्येबाट सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।