घट्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ९ २०८२
1.3K
SHARES
९ जेठ काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी २ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २ हजार २५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट