गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनुस् – नेता कोइराला


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०८२
1.7K
SHARES

१० जेठ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु नै उपयुक्त हुने बताए।

उनले भने, ‘रमेशजीको कुरा उठेपछि नैतिकताको आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि, गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त। उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरे। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लागिरहेको बेलामा कोइरालाले गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन्।