नीति तथा कार्यक्रमको मुख्यमन्त्रीले जवाफ दिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२
1.1K
SHARES

११ जेठ विराटनगर । कोसी प्रदेशसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत सोमबार प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथिको छलफल सकिएपछि मुख्यमन्त्रीले सरकारका तर्फबाट जवाफ दिन लागेका हुन् ।

नीति तथा कार्यक्रममाथि प्राप्त हुन आएका संशोधन सुझावहरूमाथि छलफल भइ निर्णयार्थ पेस हुने कार्यवाहक प्रदेशसभा सचिव गौतमराज अमात्यले जानकारी दिए । सभामा कोसी प्रदेश विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकता पनि पेस हुने कार्यसूची छ ।