तयार हुनस्, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२
1.7K
SHARES

११ जेठ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा जनता परिचालन गर्ने बताएका छन् ।  वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले राजावादीहरुको आन्दोलनप्रति लक्षित गर्दै तयारी रहन निर्देशन दिएका हुन् ।

“निर्देशन पछि आउँछ । तपाईंंहरु जस्तो जे गर्नुपर्छ । तयारी हालतमा बस्नुस्,” उनले भने ।  उनले १५ गते ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । “१५ गते ११–२ बजेसम्म काठमाडौंमा नेकपा (एमाले)को नियन्त्रण हुनुपर्छ । कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,” उनले भने ।

उनले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको समेत बताए । “सरकार अलि मौन बसेको, जनता चुप मौन बसेको अवस्था लिएर फुर्तिफार्ती देखाएका छन् । यी अक्षता मन्छाउने हुन्, ठ्ङ्यारो लिएर एमाले मैदानमा उत्रिएपछि यी कताकता पुग्छन्,” उनी भन्छन् ।