गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आउँछ – प्रचण्ड
१३ जेठ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई राजीनामा दिनुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन् ।मंगलबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीमात्रै नभएर सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन् ।
“यो सामान्य विषय छैन । यो विषयलाई गम्भीररूपमा उठाउँछौँ । विपक्षी दलहरूबीच छलफल चलिरहेको छ । कम्तीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था चाहिँ आउँछ,” उनले भने ।अर्को प्रसंगमा प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको बताए । महेन्द्रराय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उनको भनाइ छ ।