सिजनमा सयौँ चढे सगरमाथा
१६ जेठ काठमाडौं । सगरमाथा आरोहण मे महिनाको अन्त्यसँगै सकिन्छ । यो मे महिनामा सयौँ पर्वतारोही र उनीहरूका शेर्पा गाइड कठोर मौसमको सामना गर्दै संसारको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल भएका छन् ।
केही पर्वतारोही मेको मध्यतिर शिखरमा पुग्न सफल भएका थिए । तर, मौसम दिनहुँ प्रतिकूल हुँदा धेरैजना आधार शिविरमै फर्कनुपरेको थियो । तीमध्ये एक थिए, कामीरिता शेर्पा । उनी ३१औँपटक सगरमाथा चढेर आफ्नै कीर्तिमान तोड्ने प्रयासमा थिए ।उनी मे २७ मा ८,८४९ मिटर (२९,०३२ फिट) उचाइको शिखर सफलतापूर्वक चढ्न सफल भए । तर, धेरै पर्वतारोही यति भाग्यमानी भएनन् ।