बैंकमा तरलता फालाफाल


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
1.2K
SHARES

२५ जेठ काठमाडौं । देशको आर्थिक अवस्थामा शिथिलता आएसँगै बैंकमा लगानीयोग्य रकम थुप्रिन थालेको संकेत तथ्यांकले देखाएको छ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ७९ प्रतिशतभन्दा कम रहेको छ। गत मंगलबारको तथ्यांकले सो देखाएको हो। गत मंगलबार सीडी रेसियो ७८.७८ प्रतिशत रहेको छ।

तथ्यां अनुसार सोमबारसम्म ६९ खर्ब ४७ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६९ खर्ब ४५ अर्ब पुगेको हो। त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५५ खर्ब ५१ अर्ब रहेकोमा मंगलबार ५५ खर्ब ५० अर्ब पुगेको हो।मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ६२ खर्ब ८ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४९ खर्ब ३१ अर्ब कर्जा प्रवाह भएको छ।