आज सुनचाँदीको मूल्य कति छ?


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२
2.2K
SHARES

२६ जेठ काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।