घट्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
2.7K
SHARES

२७ जेठ काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ भने चाँदीको मूल्य उकालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।