कर्जाको सदुपयोग गरौं – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०८२
1.2K
SHARES

२७ जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने स्पष्ट पारेको छ ।राष्ट्र बैंकले एक सन्देश जारी गर्दै कसैले पनि बैंक वा वित्तीय संस्थाबाट गलत, भुट्टा वा नरहे-नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी, धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी, भुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई कर्जा लिनु वा दिनु गैरकानुनी कार्य रहेको जनाएको छ ।

यदि कसैले यस्तो कार्य गरेमा त्यस्तो व्यक्तिलाई बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमोजिम बिगो भराई बिगोबमोजिम जरिवाना र चार वर्षसम्म कैद सजाय हुन सक्ने जनाएको छ ।