कैलालीमा भारी वर्षा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
1.4K
SHARES

४ असार काठमाडौं । पछिल्लो तीन घण्टामा कैलालीमा भारी वर्षा भएको छ । कैलालीस्थित बुडियम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कैलाली भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेले साँझसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले बुधबार (असार ४) दिउँसो २:५५ बजे जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो ३ घण्टामा कैलालीस्थित बुडियम वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले, कैलाली जिल्ला भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले साँझसम्म सतर्कता अपनाइराखौँ ।”