तीन वर्षमा नेपालीको आम्दानी २१ सय डलर


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ९ २०८२
1.8K
SHARES

९ असार काठमाडौं । आउँदो तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक २१ सय अमेरिकी डलर नजिक पुग्ने भएको छ ।

आर्थिक वर्ष ०८४–८५ मा नेपालीको वार्षिक आम्दानी औसत दुई हजार ८७ डलर पुग्ने राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाको लक्ष्यले देखाएको हो ।

चालू आर्थिक वर्षमा नेपालीको आम्दानी १५ सय १७ डलर पुगेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।   आउँदो तीन वर्षमा नेपालीको औसत आम्दानी ५७० डलर बढ्ने अनुमान छ ।

मध्यकालीन संरचना योजनाअनुसार आगामी आर्थिक वर्ष ०८२–०८३ मा प्रतिव्यक्ति आय बढेर १६ सय ६० र आर्थिक वर्ष ०८३–०८४ मा १८ सय ५९ डलर पुग्ने प्रक्षेपण गरिएको छ । गत वर्ष प्रतिव्यक्ति आम्दानी १४ सय ६७ डलर थियो ।