नेप्से ३४ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १८ २०८२
1.2K
SHARES

१८ असार काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजार सकारात्मक भएको छ । बुधबार सेयर बजार ३४.४२ अंकले बढेको हो । साताको सुरुवातदेखि नै सकारात्मक रहँदा बजार मापक २,६९४.८२ विन्दुमा उक्लिएको छ ।बजार सकारात्मक रहँदा आज १८२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ६५ कम्पनीको सेयरमूल्य घटेको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ९ अर्ब ७४ करोड ४८ लाख बराबरको सेयर खरिदबिक्री भएको छ । तीन करोड एक लाख कित्ता सेयर ८९ हजार ४६८ पटकमा खरिदबिक्री भएको छ ।

मंगलबारको कारोबारमा सात अर्बको हाराहारीमा सेयर किनबेच भएको थियो ।ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, नेपाल इन्स्योरेन्स, गुराँस लघुवित्त, सिन्धु विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनी रहे ।समूहगत सूचकतर्फ १३ वटै सूचक हरियो रहे । सबैभन्दा धेरै जीवन बिमा सूचक २.८३ प्रतिशत बढेको छ ।