अमेरिकाले पारित गर्‍यो ट्रम्पको ‘बिग ब्यूटीफुल’ विधेयक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २० २०८२
1.4K
SHARES

२० असार वासिङ्टन डीसी । अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधि सभा)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कटौती गर्ने ‘बिग ब्यूटीफुल’ विधेयक पारित गरेको छ । यस विधेयकको समर्थनमा २१८ जनाले मतदान गर्दा विपक्षमा २१४ जनाले मतदान गरेका थिए ।

ट्रम्पको आफ्नै पार्टीका दुई सांसद थोमस मेसी र ब्रायन फिट्जप्याट्रिकले यस विधेयकको विपक्षमा मतदान गरेका थिए । ट्रम्प र खर्बपति व्यापारी एलन मस्कले यस विधेयकको बारेमा एकअर्काविरुद्ध तीखो अभिव्यक्ति दिएका थिए ।

ट्रम्पले अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को साँझ ५ बजे एक ठुलो र भव्य समारोहमा यो विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भनिन् । यो विधेयक दुई दिन अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा ५०–५१ को साँघुरो मतान्तरले पारित भएको थियो । उपराष्ट्रपति जेडी भान्सले यस विधेयकमा निर्णायक मतदान गरेका थिए ।