नेप्से २२ अंकले बढ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २५ २०८२
1.5K
SHARES

२५ असार काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज बढेर बन्द भएको छ । नेप्से परिसूचक २२.०४ अंकले बढेर २,७०५.९० विन्दुमा बन्द भएको हो ।

आज सात अर्ब ४५ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार ६ अर्ब ५७ करोड रुपयाँको सेयर खरिदबिक्री भएको थियो ।