नयाँ लाइसेन्स दिएर अहिलेको समस्या हल हुदैन – सासंद चौधरी


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २५ २०८२
1.6K
SHARES

२५ असार काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले बैंकका लागि नयाँ लाइसेन्स दिएर अहिलेको समस्या हल नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा चौधरीले मर्जरका कारण समस्यामा परेका बैंकहरू माथि उठ्न नसकेको भन्दै बैंकलाई नयाँ लाइसेन्स दिन उपयुक्त नहुने बताए ।

विकास बैंकहरू उद्देश्यअनुसार नचल्दा  पनि समस्या आएको उनको भनाइ छ । विकास बैंकहरूको लविङका कारण उनीहरूलाई राष्ट्रियस्तरमा चलाउने व्यवस्थाले विकास बैंकको मर्म हराएको उनको भनाइ छ ।

सुदूरपश्चिम र कर्णालीका लगानीकर्ताको पहुँचमा पुग्नेगरी ‘डकुमेन्टेसन’देखि सम्पूर्ण विषयमा पुनर्संरचना गर्नुपर्ने उनले बताए । तर, नयाँ लाइसेन्स यसको विकल्प नभएको उनको भनाइ छ ।