ब्याजरदर करिडोरको माथिल्लो र तल्लो सीमा घट्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
2.3K
SHARES

२७ असार काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा घटाएको छ।गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा घटाइएको जानकारी गराएका हुन्। उनले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन्। गभर्नर पौडेलका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमालाई बैंक दर घटाएर ६ प्रतिशत कायम गरिएको छ। यसअघि ६.५ प्रतिशत थियो।

यसैगरी ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई घटाएर २.७५ प्रतिशत कायम गरिएको छ। यसअघि ३ प्रतिशत रहेको थियो।त्यस्तै नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।