नेपाल र रुवान्डाबीच लगानीमा साझेदारीको सम्भावना – अध्यक्ष ढकाल
२८ असार काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवान्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् । रुवान्डाको स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार (असार २७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवान्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको बताए ।
नेपाल र रुवान्डाबीच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवर्द्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवर्द्धनमा सहकार्य गर्न सकिने उनले उल्लेख गरे ।