पूर्वाञ्चल विश्वविद्यालयका लागि एक अर्ब ७० करोड बजेट स्वीकृत


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
1.7K
SHARES

३१ असार काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको लागि १ अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बजेट स्वीकृत भएको छ। आज सम्पन्न ४१ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको हो।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो।

यस्तै उपकुलपति प्राडा विजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ।