घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ३२ २०८२
1.4K
SHARES

३२ असार काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।