हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने
३२ असार काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ)मा बुधबार (असार ३२)देखि आवेदन खुला गरेको छ । बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको हो । प्रतिकित्ता मूल्य १५७ रुपैयाँ कायम गरिएको छ ।यो एफपीओमा आउँदो साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० देखि बढीमा सबै कित्ताका निम्ति आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र ‘मेरोसेयर’ वेबसाइट प्रयोग गरी सी–आस्वा प्राणालीमार्फत आवेदन दिन सक्नेछन् । एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।