स्टक डिलरहरूले आईपीओ निष्कासन गर्न पाउने
१ साउन काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै स्टक डिलरहरूलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति दिएको छ। यससँगै अब स्टक डिलरहरूले पनि सार्वजनिक सेयर निष्कासन गर्न पाउने छन्।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, ब्रोकर कम्पनीहरूलाई भने सार्वजनिक निष्कासनको अनुमति दिइएको छैन। “यो व्यवस्था विशेष रूपमा धितोपत्र व्यापारी (स्टक डिलर) का लागि गरिएको हो, ब्रोकर कम्पनीहरूका लागि होइन,” प्रवक्ता घिमिरेले स्पष्ट पारे।हाल सञ्चालनमा रहेका दुई स्टक डिलर—नागरिक स्टक डिलर र नबिल स्टक डिलर—यस व्यवस्थाबाट लाभान्वित हुने छन्।