औद्योगिक कर्जा प्रवाहमा तीव्र वृद्धि – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ४ २०८२
1.3K
SHARES

४ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/८१ को अर्धवार्षिक अध्ययन प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा साढे १६ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। तर, उद्योगहरुको औसत क्षमता उपयोग भने घटेको पाइएको छ।

राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १६ खर्ब ४६ अर्ब ७० करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो वृद्धिदर ४.१९ प्रतिशत मात्रै थियो। औद्योगिक क्षेत्रमा कुल कर्जाको ३०.३१ प्रतिशत हिस्सा पुग्दै गएको देखिन्छ। तर, कर्जाको प्रवाहसँगै उत्पादन क्षमताको उपयोगमा भने गिरावट आएको छ। अध्ययन अनुसार समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ४१.११ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्षको ४२.९४ प्रतिशतभन्दा कम हो।