सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता बढी शेयर बिक्रीमा
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ४ २०८२
931
SHARES
४ साउन काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता बढी शेयर बिक्रीमा राखिएको छ।बैंकको संस्थापक समूहको ३१ हजार २२७ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन पेस नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट