ईबिएल फोनपे क्यूआर मार्फत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी प्राप्त गर्दा व्यापारिक मर्चेन्टलाई सेवा शुल्क लाग्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ५ २०८२
1.2K
SHARES

५ साउन काठमाडौं । ईबिएल फोनपे क्यूआर मार्फत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी प्राप्त गर्दा व्यापारिक मर्चेन्टलाई सेवा शुल्क लाग्ने भएको छ । श्रावण १ गते देखि लागू हुने गरि फोनपे नेटवर्क मार्फत जारी गरिएको भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी ईबिएल फोनपे मर्चेन्ट क्यूआरमा रु.२,००० भन्दा बढीको भुक्तानी प्राप्त गर्दा फोनपे नेटवर्क तथा बैंकद्वारा निर्धारण गरिएको व्यापारी छुट दर अनुसार सेवा शुल्क लाग्ने बैंकले जानकारी गराएको छ ।

यदि ईबिएल फोनपे क्यूआर सेवा प्रयोग गरिरहनु भएका व्यापारी ग्राहकहरुले यो सेवालाई निरन्तरता दिन नचाहेमा  बैंकको नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।