फेरि बढ्यो अन्डाको मूल्य, कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ५ २०८२
1.5K
SHARES

५ साउन काठमाडौं । नेपाली बजारमा अन्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाएको छ । संघले साउन ६ गतेदेखि लागु हुने गरी प्रतिक्रेट ३० रुपैयाँ बढाएर ठूलो अन्डाको मूल्य बढाएर ५२५ रुपैयाँ पुर्‍याएको छ । यसअघि, गत असार २० गते ठूलो अन्डाको मूल्यप्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याएको थियो ।

त्यस्तै, मध्यम आकारको अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाएर प्रतिक्रेट ४९५ रुपैयाँ पुर्‍याइएको छ । यसअघि, मध्यम आकारको अन्डाको मूल्य ४६५ रुपैयाँ थियो ।

संघका महासचिव मदन पोखरेलका अनुसार, चितवनबाट देशभरका अन्डा बिक्री डिपोमा पुर्‍याउँदा लाग्ने भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप लाग्नेछ । सबै खर्च समायोजन गरी बजारमा पाउँदै आएको अन्डाको मूल्य निर्धारण हुनेछ ।