साफ यू–२० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टिम
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन ६ २०८२
1.1K
SHARES
६ साउन काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिएर नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाहले स्वागत गरे ।प्रतियोगितामा भुटान र श्रीलंकालाई हराएको नेपालले बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेकाे हाे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट